ENG POEKET

विदेशी डिग्रीका नाममा हजारौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेका शक्तिशालीहरू

एञ्जिला (नाम परिवर्तन) को एउटा सपना थियो, ‘प्रतिष्ठित कलेजबाट उच्च शिक्षा हासिल गर्ने र भविष्यलाई नयाँ उचाइमा पुर्‍याउने ।’

मध्यमवर्गीय परिवारमा हुर्किएकी एञ्जिलाका लागि यो सपना केवल व्यक्तिगत महत्त्वाकांक्षा मात्र थिएन, यो त सिङ्‌गो परिवारको आशा र जीवनस्तर उकास्ने संकल्प पनि थियो ।

विद्यालय तहमा एञ्जिला उत्कृष्ट विद्यार्थी थिइन् । उनको यही लगनशीलता देखेको घरपरिवारले सम्पूर्ण क्षमता र ऊर्जा जुटाएर थापाथलीस्थित ‘दी ब्रिटिस कलेज’ पढाउने हिम्मत गर्‍यो । ‘हामीले त सोचेजस्तो पढ्न पाएका थिएनौँ, त्यसैले छोरीको सपना पूरा गरिदिऊँ भनेरै त्यहाँ भर्ना गराएका हौँ,’ एञ्जिलाकी आमा भन्छिन्, ‘बेलायती विश्वविद्यालयको डिग्री र अन्तर्राष्ट्रियस्तरको शिक्षा पाइने भएपछि छोरीलाई त्यहाँ पढायौँ ।’

त्यसमाथि ब्रिटिस कलेजले देखाएको आकर्षक आश्वासनको प्रलोभनमा एञ्जिलाको परिवार सहजै पर्‍यो । अन्ततः सन् २०२३ को ब्याचका लागि उनी ‘ब्याचलर अफ हस्पिटालिटी म्यानेजमेन्ट’ कार्यक्रममा भर्ना भइन् ।

भर्ना हुँदा कलेजले सपनालाई लोभलाग्दो भविष्यको सपना देखाएको थियो । पहिलो वर्ष नेपाल, दोस्रो र तेस्रो वर्ष दुबई अनि अन्तिम वर्ष बेलायत गएर चारवर्षे स्नातक तहको पढाइ पूरा गराइदिने कलेजको आश्वास थियो । आश्वासन यतिमा टुंगिँदैन, पढाइसँगै सहजै इन्टर्नसिप र रोजगारीको अवसर पाइने पनि भनियो ।  

‘यो कोर्समा ७० प्रतिशत त व्यावहारिक (प्राक्टिकल) अभ्यास नै हुन्छ भनिएको थियो,’ एञ्जिलाले सुनाइन्, ‘कलेजले विदेश पठाउँदा आफ्नै होस्टेलमा राख्ने र इन्टर्नसिपको व्यवस्था पनि आफैँ गरिदिने वाचा गरेको थियो ।’

पहिलो वर्षको पढाइकै लागि मात्र परिवारले २ लाख १५ हजार रुपैयाँ खर्चियो । नेपालमा एक वर्षको अध्ययन पूरा गरेपछि दुबई जाने भइन् । भविष्य र घरपरिवारको जीवनस्तर सुधार्ने अनेक सपना बोकेर दुबई उड्नुअघि सबै प्रक्रियाहरू पूरा गरिन् ।

वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिइन् । कलेजको समन्वयमा शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको एनओसी शाखाले दुईवटा एनओसी दिएको थियो । १५ साउन २०८१ जारी गरेको वैदेशिक अध्ययन अनुमतिपत्रमा संयुक्त अरब इमिरेट्सको दी वुलविच इन्स्टिच्युटमा हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट विषयमा स्नातक तह अध्ययन गर्न अनुमति प्रदान गरिएको छ भने २५ साउन २०८१ मा यही इन्स्टिच्युटका लागि डिप्लोमा तह अध्ययन गर्ने गरी अर्को एनओसी जारी भएको छ ।  

Tags:

Để lại một bình luận

Email của bạn sẽ không được hiển thị công khai. Các trường bắt buộc được đánh dấu *